२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ २१, २०७८

सप्तरी – बाराको परवानीपुर गाउँपालिका कार्यपालिकाले समय सकिनै लाग्दा शिक्षक भर्नाका लागि आवेदन माग गरेको भन्दै भर्ना प्रक्रिया रोक्न माग गर्दै एमाले परवानीपुर कमिटीले ज्ञापनपत्र बुझाएको छ। गाउँ कार्यपालिकाका पदाधिकारीको अवधि सकिनै लाग्दा शिक्षक भर्ना गर्न लागिएको भन्दै एमाले परवानीपुर कमिटीले ज्ञापनपत्र बुझाएको हो।

गाउँपालिकाले गत माघ १० गते २३ शिक्षक भर्नाका लागि आवेदन माग गरेको थियो। शिक्षक भर्नाका लागि सूचना सार्वजनिक गरेर स्वार्थको राजनीति भएकाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील चौरसियालाई ज्ञापनपत्र बुझाइएको एमाले नेता अमर यादवले जानकारी दिए।

गाउँ कार्यपालिकाका सबै पदाधिकारीको समय सकिनै लाग्दा तलबको स्रोत नभएको समयमा भर्ना गर्न थालिएकाले शिक्षक भर्ना रोक्न र यस्ता गतिविधि सच्याउन माग गरिएको उनले बताए। ‘०७४ सालमा निर्वाचित सबैको म्याद सकिने समयमा २३ जना शिक्षक नियुक्त गर्न थालिएको छ । यी सबै शिक्षकको तलबको स्रोत के ? यसको कार्यकाल कति हुन्छ ? भोलिको दिनमा यसको तलबको स्रोत नभए यी शिक्षकको भविष्य र काम गर्दै गरेको कार्य कसरी सम्पन्न हुन्छ ?’ यादवले प्रश्न गरे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]