०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ २०, २०७८

सप्तरी – डल्फिन पानीमा बस्ने स्तनधारी प्राणी हो। यो ह्वेल वर्गमा पर्छ। अहिलेसम्म पत्ता लागेअनुसार पृथ्वीमा यसका ४१ प्रजाति पाइन्छन्। जसमध्ये ३७ प्रजाति समुद्रमा तथा ४ प्रजाति नदीमा पाइन्छन्। माछाहरू चिसो रगत भएका हुन्छन् भने डल्फिनको तातो रगत हुन्छ।

– डल्फिनले एक अर्कालाई नामबाट बोलाउँछन्। अन्य सदस्यलाई सम्बोधन गर्दा शब्दको सट्टा अलग–अलग आवाज प्रयोग गर्छन्।
– यिनीहरू फोनबाट एकअर्कामा कुरा गर्न सक्छन्।
– यो प्राणीले गिल्सबाट होइन फोक्सोबाटै स्वास फेर्छ।
– डल्फिन जनावरमा सबैभन्दा धेरै स्मरण शक्ति भएको प्राणी हो।
– यसले मानिसभन्दा १० गुणा बढी सुन्न सक्छ।

– डल्फिनको दाँत हुँदैनन्। यिनीहरू खानेकुरा नचबाई सिधै निल्छन्।
– सबैभन्दा सानो डल्फिन ४० किलोग्राम तथा सबैभन्दा ठूलो ९ हजार किलोग्रामको भेटिएका छन्।
– यसले ऐनामा आफूलाई चिन्न सक्छ।
– डल्फिन ३६ किलोमिटर प्रतिघन्टाको गतिमा पौडन सक्छन्।
– यिनीहरू ज्यादै खुसी भए भने चिच्याउँछन्।

– यो पानीमा लगभग १ हजार फिट गहिराइसम्म जान सक्छ भने पानीभन्दा २० फिट माथिसम्म उफ्रिन सक्छ।
– डल्फिनको औसत आयु १५ वर्ष हुन्छ भने कुनै–कुनै प्रजाति ५० वर्षसम्म पनि बाँच्छन्।
– डल्फिनहरू आँखा खोलेरै सुत्छन्।
– यिनीहरू समूहमा बस्छन्।
– नेपालको कर्णाली नदीमा सबैभन्दा धेरै डल्फिन पाइन्छन्।
– कर्णालीका अलावा कोसी र नारायणी नदीमा पनि डल्फिन पाइन्छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]