२८ बैशाख २०८३, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १९, २०७८

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खान भोलि फेब्रुअरी ३ मा चीन भ्रमणमा जाँदैछन् । इमरान खानको यो भ्रमणमा चीनबाट ३ अर्ब डलर ऋण पाउनु र चाइना पाकिस्तान इकोनोमिक कोरिडोर (सीपीइसी) को काम अगाडि बढाउने मुख्य एजेण्डा हुन् । सीपीइसीको काम करिब २ वर्षदेखि बन्द छ । यसबाट चीन असन्तुष्ट छ किनकि चीनले यो परियोजनामा १६ अर्ब डलर लगानी गरिसकेको छ ।

गत वर्ष दासु ड्याम प्रोजेक्टमा काम गर्ने ९ जना चिनियाँ इन्जिनियरको आतंकवादीले हत्या गरिदिएका थिए । यही कारण चीन भ्रमणमा जानुअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सीपीइसीमा काम गर्ने ३ हजार ३५५ चिनियाँ नागरिकको सुरक्षाको लागि उनीहरुको संख्याभन्दा झण्डै ४ गुणा बढी ११ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेका छन् ।

चिनियाँ नागरिकको सुरक्षाको व्यवस्था गर्न इमरान खानले पंजाब प्रान्त सरकारलाई निर्देशन दिएका छन् । पंजाबमा इमरानको पार्टी पीटीआयकै सरकार छ र उस्मान बुजदार यहाँका मुख्यमन्त्री हुन् । जानकारीका अनुसार चिनियाँहरुको सुरक्षाको लागि विशेष युनिट बनाइएको छ । यसमा सबैभन्दा धेरै सैनिक हुनेछन् । यसका अलावा रेन्जर्स र स्पेसल प्रोटेक्सन युनिटका सुरक्षाकर्मी पनि तैनाथ हुनेछन् । यसका अलावा इन्टेलिजेन्स युनिटलाई पनि यी चिनियाँहरुको सुरक्षाको जिम्मा दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]