०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १९, २०७८

सप्तरी – केन्द्रीय सुरक्षा समितिको बैठकले चार वटै सुरक्षा निकायलाई ४ जेठमा हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा कार्ययोजना पेश गर्न निर्देशन दिएको छ।

गृह मन्त्री बालकृष्ण खाँणको अध्यक्षमा बुधबार सिंहदरबारमा बसेको सुरक्षा समितिको बैठकले सबै सुरक्षा निकायसँग स्थानीय चुनावको सुरक्षाबारे सुझाव लिने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।

“सम्माननीय प्रधानमन्त्रीज्यूले निर्वाचन आयोगसँग ४ जेठमा स्थानीय चुनाव गर्ने भन्ने कुरा अनौपचारिक रूपमा बाहिर आएको छ,” गृह प्रवक्ता पोखरेलले बैठकपछि भने, “स्थानीय निर्वाचनमा कसरी सुरक्षा गर्ने भनेर सबै सुरक्षा निकायसँग फिडब्याक लिएर अगाडि बढ्ने भन्ने भएको छ।”

निर्वाचन आयोगका पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय चुनावबारे छलफल गरेका थिए। आयोग टोलीले आगामी ४ जेठमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]