सप्तरी – अमेरिकाले यमनका विद्रोहीहरुको हमलाविरुद्ध युएईकामे मद्दतका लागि जंगी जहाज र फाइटर जेट्स पठाउनेछ । अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र युएईका युवराज मोहम्मद बिन जायेद अल नहयानबीच फोनवार्तापश्चात् अमेरिकाले यो निर्णय लिएको हो ।
अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘दुबै नेताले हुती विद्रोहीको पछिल्लो हमलाबारे चर्चा गरे जसमा युएईका केही नागरिकको मृत्यु भएको छ । पेन्टागनका अनुसार हुती विद्रोहीको हमलाका कारण अमेरिका र युएइकाम सैनिकको सुरक्षामाथि पनि प्रश्न उठिरहेका छन् । अमेरिका युएईसँग आफ्नो रणनीतिक साझेदारीका लागि प्रतिबद्ध भएको कुरामा रक्षामन्त्री लोयड अस्टिनले जोड दिएका छन् ।’