०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १९, २०७८

बिसाउ – पश्चिमी अफ्रिकी मुलुक गिनी बिसाउमा भएको सैनिक विद्रोहका दौरान सुरक्षा फौजका थुप्रै सदस्यको ज्यान गएको त्यहाँका राष्ट्रपति उमाराओ सिस्सोको एम्बालोले बताएका छन् ।

एम्बालोले विद्रोहलाई नियन्त्रणमा लिइएको र यो कदम ‘प्रजातन्त्रविरुद्धको असफल आक्रमण’ भएको बताएका छन् ।

मंगलबार राजधानी बिसाउस्थित एउटा सरकारी भवननजिकै गोली चलेको सुनिएको थियो । त्यति बेला सो स्थानमा राष्ट्रपतिले मन्त्रिमण्डलको बैठक चलाइरहेको बताइएको छ ।

सेनाले राष्ट्रपति र उनको सरकारका प्रधानमन्त्री नुनो गोमेज नाबियामलगायत मन्त्रीहरूलाई नियन्त्रणमा लिएको बताइएको थियो । अज्ञात सशस्त्र बन्दुकधारीहरूले सो भवनमा आक्रमण गरेका थिए ।

नाम खुलाउन नचाहने एक सुरक्षासूत्रले सादा पोसाकमा रहेका बन्दुकधारीहरूले गोली चलाउँदा एकजना प्रहरी अधिकारी मारिएको बीबीसीलाई बताएको छ ।

एम्बालो सन् २०१९ मा राष्ट्रपतिमाा निर्वाचित भएका थिए । पश्चिम अफ्रिकी क्षेत्रीय नेताहरूले यस घटनालाई विद्रोह प्रयासको संज्ञा दिँदै फौजलाई आ–आफ्ना ब्यारेकमा फर्कन आह्वान गरेका छन् ।
वास्तविकता के हो भन्ने स्पष्ट भइसकेको छैन । ती बन्दुकधारीहरू को हुन् र यकिन कतिजना मारिए भन्ने बताइएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]