१३ बैशाख २०८१, बिहिबार
wait Please...

KChhaKhabar

बिहिबार, मंसिर १८, २०७७

च्याम्पियन्स लिगअन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु मैदान वल्ड ट्राफोडमा नै पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ३-१ ले पराजित भएको छ। म्यानुका फ्रेडले रातो कार्ड पाएको खेलमा नेयमारले दुई गोल गरेका छन्।

छैटौँ मिनेटमा नै गोल गर्दै नेयमारले पीएसजीलाई अगाडि बढाएका थिए।  म्यानुका मार्कस राशफोर्डले ३२औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर, ६९औँ मिनेटमा पुनः गोल गर्दै माक्विन्होले पीएसजीलाई अगाडि बढाए।

त्यसलगत्तै ७०औँ मिनेटमा म्यानुका फ्रेड दोहोरो पहेँलो कार्ड पाएर बाहिरिए। दोस्रो हाफको इन्जुरी समयमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।
समूह ‘एच’ मा म्यानु शीर्षस्थानमा भए पनि पीएसजी र रासेनबालस्पोर्ट लेइपजिङसहित तीन वटै टीमको नौ अंक छ। अब अन्तिम चरणको खेलले अघिल्लो चरण प्रवेशको टुंगो लाग्नेछ।
अन्य खेलमा बार्सिलोनाले फेरेन्क्भारोस र युभेन्टसले डाइनामो किभलाई समान ३-० गोलले पराजित गरे। यो समूहबाट बार्सा र युभेन्टस अघिल्लो चरणमा पुगिसकेका छन्।
त्यस्तै चेल्सीले सेभिल्लालाई ४-० ले पराजित गरेको छ। यी दुवै टीम पनि अघिल्लो चरणमा पुगिसकेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]