०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १८, २०७८

सप्तरी – सानिमा बैंकले कावासोती, बर्दिवास र अत्तरिया गरी तीन स्थानमा बैंकका नयाँ शाखा विस्तार गरेको छ ।

यी तीनवटै शाखाबाट कारोबार सञ्चालनमा आएपछि बैंकको देशभर शाखा संख्या एकसय २२ पुगेको बैंकले जनाएको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको कावासोती नगरपालिकाका मेयर चन्द्रकुमारी पुनले उद्घाटन गरिन् ।

यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिवास शाखाको समुद्घाटन बर्दिवास नगरपालिकाका मेयर बिदुरकुमार कार्की र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ ।

यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका बासिन्दालाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास लिएको बैंकले जनाएको छ । तीन स्थानमा शाखा बिस्तारसँगै बैंकको देशका सातै प्रदेशमा एक सय २२ कार्यालय र एकसय २ वटा एटीएम सञ्चालनमा रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]