०६ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ १८, २०७८

सप्तरी – नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सञ्चालनमा ल्याएको ज्येष्ठ पत्रकार पेन्सन कोषमा हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

पत्रकार महासंघले २० वर्ष काम गरेका ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक पेन्सन दिन कोष नै स्थापना गरेको छ ।

गत वर्षदेखि सञ्चालनमा ल्याएको कोषमा यसअघि पनि उपमहानगरले १० लाख रुपैयाँ सहयोग गरेको थियो । गत वर्षदेखि महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई मासिक ४ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।

हाल नेपाल पत्रकार महासंघ मकवानपुरका शाखाका पूर्व अध्यक्ष समेत रहेका नवराज शर्माले गत वर्षदेखि पेन्सन पाइरहेका छन् ।

महासंघ मकवानपुर शाखाले साधारण सभाबाट पेन्सन कोष सम्बन्धी कार्यविधि समेत पारित गरिसकेको छ ।

यसैगरी, उपमहानगरले मकवानपुर जिल्लाका १६४ जना पत्रकारको ५ लाख रुपैयाँका दरले दुर्घटना बीमा गरेको छ । बीमाबापत तिर्नुपर्ने प्रिमियम रकम १ लाख २२ हजार २७० रुपैयाँ महासंघ शाखा मकवानपुरलाई चेक हस्तान्तरण गरिएको मेयर हरिबहादुर महतले बताए ।

गत वर्षदेखि उपमहानगरले मकवानपुरका पत्रकारका लागि दुर्घटना बीमा गर्न शुरू गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]