१६ चैत्र २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १७, २०७७

बिराटनगर – सिम्याट कोर्स भनेको त्रिभुवन विश्वविद्यालमा भर्ना हुनका लागि लिइने अति आवश्यक कोर्स हो ।

सर्वप्रथम त सिम्याटको लिखित नतिजाबाट ६ सय ५, Academic (+2) बाट ३ सय ५ अंक जोडिनुका साथै अन्तिममा १ सय ५ अंक मौखिक अन्तर्वार्ताबाट छनोट गरिनेछ । तीन वटा बाट आएको कुल स्कोर नै विद्यार्थीले ल्याएको माक्स हुनेछ । प्रत्येक त्रिविमा ९० ओटा सिट रहेको हुन्छ । Entrance परीक्षामा सहभागीमध्येबाट उत्कृष्ट ९० जनालाई मात्र भर्ना लिने गरिन्छ । साथै, सामुदायिक विद्यालयबाट SEE/+2 गरेका विद्यार्थीमध्ये ६ जनालाई छात्रवृत्तिमा छनोट गरी भर्ना लिइन्छ । यसमा अनिवार्य पास भएमा मात्रै त्रिविमा स्नातक पढ्न सकिन्छ ।

सिम्याट कोर्स पूरा गरिसकेपछि विद्यार्थीले व्यवसाय संकाय अन्तर्गत स्नातकमा विद्यार्थीले BBA, BBM, BIM, BPA, BTTM,BMS जस्ता कोर्सहरू छनोट गरी सोही अन्तर्गतको परीक्षा दिई पढ्न सक्नेछन् ।

सिम्याट कोर्स कक्षा ११ रेगुलर पास भई १२ को परीक्षा दिएका वा १२ कक्षा पास भइसकेकाले फर्म भर्न पाउने भएतापनि +2 Minimum c+ result आएकाले मात्र गर्न सक्छन् । यसमा जम्मा सय वटा Objective प्रश्न हुनेछन् । जसमा २५ अंक verbal Ability, २५ अंक Quantitative Ability, २५ अंक Logical Reasoning र २५ अंक General Awareness रहेको हुन्छ ।

कविराज पौडेल, डाइरेक्टर एडुमार्क कन्सल्टेन्सी प्रा लि

सिम्याटमा नाम निकाल्नका लागि पहिले त मिहिनेत आवश्यक छ । मिहिनेत र अभ्यास विना केही सम्भव छैन । स्कुलमा पढ्दाजस्तो समस्या समाधान गर्नेतिर मात्रै लागियो भने यसमा पास गर्न गाह्रो पर्छ । किनकि, ९० मिनेटको समयमा सय प्रश्नहरुको समाधान गर्नुपर्ने हुन्छ । एउटा प्रश्न पढेर बुझ्न कम्तीमा ३० सकेन्ड लाग्छ । बाँकी २४ सकेन्ड प्रतिप्रश्न समाधान गर्ने समय हुन्छ । यसमा क्यालकुलेटर प्रयोग गर्न पाइँदैन, रफ पेपर पनि दिइने छैन । त्यसैले, Shortcut Trick प्रयोग गरी छोटो समयमा उत्तर पत्ता लगाउन सक्नेले मात्रै नाम निकाल्न सक्छन् ।

सिम्याट घरमै बसेर तयारी गर्न मुश्किल छ । घरैमा बसेर पढ्दा कसैको कहर हुन्न, कम मिहिनेत गरिन्छ । तर Institute मा पढ्न कहर लगाइन्छ । त्यो प्रेसरले पनि विद्यार्थीमा ‘मैँले आज यति गर्नैपर्छ भन्ने भावना जाग्छ र कस्सिएर अभ्यास गर्न थाल्छन् । अभ्यास गर्दागर्दै अनुभवी पनि भइसक्छन् । त्यसैले, घरमै बसेर पढ्न गाह्रो छ सिम्याट । Preparation Institute मा पढ्नुपर्छ ।

हामीले लामो समयदेखि यसैको तयारीका लागि विद्यार्थीलाई अभ्यास गराउँदै आएका छौँ । महेन्द्र मोरङ क्याम्पस विराटनगरमा BBA आएदेखि नै हामीले सिम्याट तयारी कक्षा गराइरहेका छौँ । अहिले सम्मको रिजल्ट हेर्दा विराटनगरमा मात्र नभएर प्रदेश–१ कै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका छौँ ।

हामीले करिब १६ सय प्रश्नको Practice गराउँछौँ । विद्यार्थीलाई आश्यकता अनुसारका सम्पूर्ण सामग्री (किताब, हेन्डस् आउट, प्रश्नपत्र) उपलब्ध गराउँछौँ । साथै, यहाँ बीचमा काठमाडौं भारतलगायतको विभिन्न युनिभर्सिटीका व्यक्तिहरूलाई बोलाएर Extra Activities’ Career Counselling पनि गराइन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]