२१ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ १६, २०७८

काठमाडौं – आर्थिक वर्ष २०७८/७९ को पहिलो छ महिनामा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को विभिन्न डिजिटल माध्यमबाट ७८ खर्बभन्दा बढीको कारोबार भएको छ ।

कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो अवधिमा ७८ खर्ब ८९ अर्बको कारोबार भएको हाे । यो अवधिमा तीन करोड ४१ लाख ९० हजार पटक कारोबार भएको तथ्याङ्कमा उल्लेख छ ।

एनसीएचएलले हाल तीनवटा माध्यमबाट सेवा दिइरहेको छ; एनसीएचएल ईसीसी, एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस । यी तीन माध्यममध्ये सबैभन्दा बढी कारोबार एनसीएचएल ईसीसीबाट भएको छ ।

कम्पनीका अनुसार ईसीसीबाट मात्र आर्थिक वर्षको पहिलो ६ महिनामा ८० लाख ६६ हजार पटकको कारोबारमा ५५ खर्ब पाँच अर्बको कारोबार भएको छ ।

एनसीएचल ईसीसी अर्थात इलेक्ट्रोनिक चेक क्लियरिङ सेवामा चेकको तस्वीरमार्फत विद्युतीय भुक्तानी गर्ने गरिन्छ । दोस्रोमा धेरै कारोबार कनेक्ट आईपीएस मार्फत भएको छ ।

सो अवधिमा कनेक्ट आईपिएस मार्फत १३ खर्ब ७० अर्ब रुपैयाँको कारोबार भएको छ, जसका लागि एक करोड ८५ लाख ८४ हजार पटक कारोबार गरिएको थियो ।

तेस्रोमा भने एनसीएचएल आईपीएस रहेको छ । अवधिमा आईपीएस मार्फत ७५ लाख ४० पटक कारोबार हुदाँ १० खर्ब १५ अर्बको कारोबार भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]