
सप्तरी – पति पत्नीबीच एक अर्काको शंकाले दाम्पत्य सम्बन्धमै दरार आउने समस्या बढेपछि अमेरिकाबाट नेपाली सर्ट फिल्म ‘शंका’ निर्माण गरिएको छ ।
पतिले साथीसँग घरमा लक्ष्मी भित्र्याउने भनेर सल्लाह गरेको सुनेपछि सौता आउने भयो भन्दै पत्नीले गरेको घर झगडाले सम्बन्ध विच्छेद हुने अवस्थासमेत सिर्जना भएपछि यो लघु चलचित्र बनेको हो ।
लक्ष्मी कुनै केटी नभएर लक्ष्मी बैंकको शेयर भन्ने बुझेपछि पत्नीले पतिमाथि अबका अबका दिनमा शंका नगर्ने सन्देश यो चलचित्रले दिएको छ । राजधानी दैनिकमा खबर छ ।