२९ भाद्र २०८१, शनिबार
wait Please...
पिसिआर परीक्षण शुल्क बढी लिएको पाइए सिधा सम्पर्क गर्नु होस् {नम्बर सहित }

निजी प्रयोगशालाले घरघरमा गएर नमुना संकलन गर्न नपाउने

KChhaKhabar

मंगलबार, भाद्र ०९, २०७७

काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले कोभिडको पिसिआर परीक्षण गराउँदा ५ हजार ५ सय भन्दा बढी शुल्क नतिर्न आग्रह गरेको छ।

आइतबार प्रयोगशाललाले सुचना निकाल्दै कुनै पनि व्यक्तीले कोभिडको पिसिआर गराउनु परेमा परीक्षण गर्ने संस्थालाई सरकारले तोकेको ५ हजार ५ सय भन्दा बढी शुल्क नतिर्न आग्रह गरेको हो।

प्रयोशगालाले यदि परीक्षण गर्ने संस्थाबाहेक अनुमती प्राप्त अन्य संस्थामा स्वाब कलेक्सन गरेको अवस्थामा सरकारले तोकेको पिसिआर शुल्कमा थप १० प्रतिशत लिन पाउने जनाएको छ।

यदि कुनै संस्थाले तोकेको भन्दा बढी शुल्क मागेमा वा कोभिड पिसिआर सम्बन्धी कुनै गुनासो भएमा प्रयोगशाललाको सुचना अधिकारीको नम्बर ९८०१०६९३८३ र प्रयोगशालाको टेलिफोन नम्बर ०१५३५२४२१ वा इमेल ठेगाना [email protected] मा सम्पर्क गरि गुनासो गर्न आग्रह गरेको छ।

त्यस्तै, प्रयोगशालाले नेपाल सरकारले कोभिड १९ को पिसिआर परीक्षण गर्नका लागि अनुमति प्राप्त गरेका निजी प्रयोगशालाहरुले घरमै गएर स्वाब कलेक्सन गर्न नपाउने बताएको छ।

प्रयोगशाललाले होम कलेक्सन नगर्न/नगराउन सबैलाई सुचित गरेको छ ।

पिसिआर परीक्षण गराउन चाहने कुनै पनि व्यक्तीले सम्बन्धि संस्थामा उपस्थित भई स्वाब कलेक्सन गराउन अनुरोध समेत प्रयोगशालाले गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]