०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

उदयपुर – उदयपुरमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ। पछिल्लो दुई साता कोरोना भाइरसको संक्रमणदर दैनिक ६१ प्रतिशतले वृद्धी भएको तथ्यांक छ।जिल्ला स्वास्थ्य कार्यालयले तयार पारेको तथ्यांक अनुसार दुई साता जिल्ला भित्रका ८ वटा स्थानीय तहका स्वास्थ्य संस्थाबाट ८ सय २५ जनामा गरिएको एन्टिजेन परिक्षणमा ५ सय ४ जनामा संक्रमण देखिएको हो।

संक्रमित मध्ये सबैभन्दाबढी जिल्ला अस्पतालमा बिरामी भएर आएका बिरामीमध्ये १ सय २३ पुरुष र ७२ जना महिलागरी १ सय ९५ जना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी चिरन्जिवी निरौलाले बताए।

त्यसैगरी बेलका नगरपालिकामा ४३ महिला ४६ पुरुषगरी ८९ जना, कटारी नगरपालिकामा २८ महिला ४५ पुरुषगरी ७३ जना, त्रियुगा नगरपालिकामा ३० महिला २७ पुरुषगरी ५७ जना र चौदण्डिगढी नगरपालिकामा २७ महिला २९ पुरुषगरी ५६ जना रहेका छन्।

त्यस्तै उदयपुरगढी गाउँपालिकामा १० महिला १० पुरुषगरी २० जना, लिम्चुङ्गबुङ्ग गाउँपालिकामा ७ महिला ७ पुरुषगरी १४ जनामा संक्रमण देखिएको निरौलाले जानकारी दिए। उनका अनुसार रौतामाई र ताप्लि गाउँपालिकामा हालसम्म संक्रमित फेला परेका छैनन्।

संक्रमण देखिएका मध्ये ४ सय ८५ जना सकृय संक्रमित हुन्। बाँकी उपचारपछि निको भईसकेको छ। उनीहरुमध्ये ४ सय ८० जना होमआइसोलेसनमा छन् भने ५ जना उपचारमा रहेको जनाइएको छ।

संक्रमण सबैभन्दाबढी १९ देखि ४० वर्षका युवामा फैलिएको तथ्यांकले देखाएको छ। यो समूहका १ सय ४५ महिला र १ सय ६५ पुरुषगरी ३ सय १० जना संक्रमित रहेका छन्। त्यसैगरी ४१ देखि ६० वर्ष उमेर समूहका ४८ महिला र ८६ पुरुषगरी १ सय ३४ जना रहेका छन्।

त्यस्तै ६१ देखि ८० वर्षसम्मका १० महिला १५ पुरुषगरी २५ जना, ८१ वर्षमाथिका १ महिला ६ पुरुषगरी ७ जना र बालबालिकातर्फ १ देखि १८ वर्षसम्मका २८ जना रहेको सूचना अधिकारी निरौलाले जानकारी दिए। यसबीचमा कोरोनाबाट उदयपुरमा एक जनाको ज्यान गईसकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]