०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

सर्लाही – पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा राेकी राखेकाे ट्र्याक्टरसँग बस ठोक्किँदा २५ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ।

भैरहवाबाट विराटनगर जाँदै गरेकाे लु २ ख ४७५७ नम्बरको यात्रु बस आज बिहान हरिवन-९, सुखेपोखरीमा बिग्रिएर रोकी राखेको ज २ त ७८१ नम्बरको ट्र्याक्टरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका रुपन्देही जिल्ला श्रीकटन गाउँपालिका-१२ की २५ वर्षीया कृतिका चौधरी र चितवन जिल्ला खैरहनी नगरपालिका-७ का ३६ वर्षीय पसुराम फुयाँललाई उपचार लागि वीरगञ्ज र भरतपुर पठाइएकाे छ । घाइते भएकामध्ये धेरैको हात खुट्टा भाँचिएको प्रहरीले जनाएकाे छ।

सामान्य घाइते भएकाहरुको भने हरिवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]