२८ चैत्र २०८२, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, माघ १४, २०७८

विराटनगर – धनकुटा नगरपालिका–४ छारागाँउ का ५५ वर्षीय सीताराम श्रेष्ठ र श्रीमती सीता श्रेष्ठ पुस १६ गते बेलुकादेखि एकाएक बेपत्ता भए । स्थानीय उद्योगमा श्रम गरेर सामान्य जीवनयापन गरिरहेका उनीहरुबीच घरमा कहिलेकाँहि सामान्य झगडा हुन्थ्यो । छिमेकीका अनुसार श्रीमान श्रीमतीबीच हुने वादविवाद बेलाबेला सुनिन्थ्यो । तर, पुस दोस्रो साता एकाएक दुबैजना हराएपछि छिमेकीहरु पनि छक्क परे । के भएको हो भन्ने धेरैले थाहा पाउन सकेनन् ।

दम्पती बेपत्ताबारे प्रहरीमा जानकारी आयो । उनीहरुको खोजी शुरु भयो । बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले सीतारामलाई गत आइतबार काठमाडौंमा फेला पार्यो । तर, साथमा श्रीमती सीता थिइनन् । लगत्तै प्रहरीले सोधपुछ र अनुसन्धान अघि बढायो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी सुरज कार्कीले भने, “सीताराम फेला परे पनि श्रीमती साथमा थिइनन् । सोधपुछ गरियो । उनले श्रीमतीको हत्या गरेर भागेको सुनाए । त्यसपछि हामीले थप अनुसन्धान अघि बढायौं ।” डीएसपी कार्कीका अनुसार सीताले मदिरा सेवन गरेको विषयमा दम्पतीबीच विवाद भएको थियो । साँझ सीतारामले कुटपिट गरेका थिए । कुटपिटकै क्रममा उनको मृत्यु हुन पुगेको प्रहरी समक्ष बयान दिएका छन् ।

काठमाडौमा पक्राउ परेका सीतारामले प्रहरी समक्ष श्रीमतीलाई घरभित्रै खाल्डो खनेर गाडेको बताए । त्यहाँ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले उत्खनन् गर्यो । हेर्दा शव सढेगलेको अवस्थामा फेला पर्यो । श्रीमानउपर कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

“दम्पतीबीचको विवाद र थप असमझदारी अनि घटनाबारे हामीले मिहीन ढंगले अनुसन्धान गरिरहेका छौं,” डीएसपी कार्कीले सुनाए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]