०६ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

श्रीनगर – भारत नियन्त्रित राज्य जम्मु–कास्मिरमा हिमपातपछि पहिरो गएको छ। राज्यको रामबन जिल्लामा बुधबार हिमपातका कारण पहिरो गएको हो।

सो पहिरोका कारण कास्मिरलाई भारतका अन्य भूभागसँग जोड्ने एकमात्र जम्मु–श्रीनगर राजमार्ग अवरुद्ध बनेको भारतिय मिडियामा खबर छ। करिब २७० किलोमिटर लामो सो सडक खण्ड हरेक मौसममा खुल्ने सडक खण्ड भएको बताइएको छ। सो सडक खण्डको डुग्गि पुल्लि क्षेत्रमा पहिरो गएको हो। पहिरो हटाउन प्राविधिक टोली खटाइएको बताइएको छ।

यसअघि गएको आइतबार हिमपातका कारण चन्देरकोटे र राम्सु क्षेत्रमा पहिरो गएको थियो। सो पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको थियो। हिमपातका कारण जम्मु कास्मिर क्षेत्रका विभिन्न भेगको तापक्रम माइनस ११ डिग्रि सेल्सियसमा झरेको र सो क्षेत्रको जनजिवन कठिन बनेको बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]