०१ जेठ २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, माघ १३, २०७८

पोखरा – पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

आजका विजेताले फाइनलमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । त्यसैले आजका दुवै टिमलाई जित्नै पर्ने बाध्यता रहेको छ ।

आजका विजेताले एपीएफसँग उपाधिका लागि खेल्ने छ ।

यसअघि हिजो भएको खेलमा मछिन्द्र क्लबलाई ३–१ गोलले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

एफीएफका लागि सनिश श्रेष्ठ, प्रदीप लामा र नवीन लामाले एक–एक गोल गरेका थिए । यस्तै मछिन्द्रका ओमोलाजा करिमले एक गोल फर्काएका थिए ।

खेलको २५ औं मिनेटमा एपीएफका सनिशले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४० औं मिनेटमा मछिन्द्रका ओमोलाजाले गोल गर्दै खेललाई एक–एक गोलको स्थितिमा ल्याए । त्यसपछि ६९ औं मिनेटमा प्रदीप र इन्जुरी समयमा नवीनले गरेको गोलसँगै एपीएफ ३–१ गोलले विजयी भयो ।

फाइनल खेल शनिबार हुँदैछ । १० टोली सहभागी प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]