१० बैशाख २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, मंसिर १७, २०७७

सप्तरी – झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट भएको छ । मालपोत कार्यालय दमकमा घुस लिँदै गरेको दृश्य संकलनका लागि पुगेका माउन्टेन टेलिभिजनका पत्रकार घिमिरेमाथि मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीले कार्यालयभित्रै हातपात गरेका हुन् ।

सयौंको भीडको बीचमा पारेर घिमिरेमाथि निर्घात कुटपिट भएको हो ।जग्गा रोक्का गर्न गएका एक सेवाग्राहीबाट मालपोत कर्मचारी इन्द्र राजवंशीले १० हजार घुस लिने क्रममा समाचार संकलन गर्न गएको बेला आफूमाथि कुटपिट भएको उनले बताए । मंगलबार दिउँसो ४ बजे आफूमाथि कुटपिट भएको पत्रकार घिमिरेले जानकारी दिए ।‘कार्यालय परिसरमा रहेको सीसी क्यामेरा बन्द गरेर कुटे’, उनी भन्छन्, ‘ लछारपछार गर्दै ममाथि आक्रमण भयो । बाहिरी चोट त छैन । तर, धेरै जनाले कुटेका कारण भित्रबाटै दुखिरहेको छ ।’ मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगालको कार्यकक्षामा कुटपिट हुँदा पनि अधिकारी मौन रहेको उनले बताए ।

पत्रकार घिमिरेले आफूमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् । आफूमाथि भएको कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]