१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, माघ १२, २०७८

जनकपुरधाम – राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेश प्रदेशमा ८० प्रतिशत भन्दा बढी मत खसेको छ। कुल ३ सय ७२ मत रहेको यस प्रदेशमा १ बजेसम्ममा ३ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए।

प्रदेशसभातर्फ ८६ जना र स्थानीय तहतर्फ २ सय १४ वटा मत खसेको प्याकुरेलले बताए। मधेश प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यको मतदान हुँदैछ। सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धन चुनावी मैदानमा छ। यता जनकपुरधाममा जनमतका कार्यकर्ता र प्रहरीबीचको ठाउँ ठाउँमा झडप जारी नै रहेको छ। जनमतका कार्यकर्ताहरुले करिब एक दर्जन गाडीमा तोडफोड गरेका छन् भने प्रहरीले केही कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएका छन्।

यसैबीच, जनमत पार्टीका कार्यकर्ताहरुले मधेस प्रदेशका सांसदहरुको गाडीमा पनि तोडफोड गरेका छन्। राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदको गाडीमा जानकी मन्दिर नजिक तोडफोड भएको हो।

मतदान गर्न आउँदै गरेका जसपा मधेश प्रदेशका सांसद अशोक यादवको गाडीमा जनमतका कार्यकर्ताहरुले तोडफोड गरेका छन्। सांसद यादव सामान्य घाइते भएका छन् । १५–२० जनाको समूहमा जनमतका कार्यकर्ताहरुले उनको गाडीमा प्रहार गरेको बताए। गाडीको झ्याल र अगाडीको सिसा फुटेको छ ।

यसअघि रामचौकमा जनमतका कार्यकर्ताहरुले सर्लाहीको हरिओन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा तोडफोड गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]