१२ माघ २०७७, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, मंसिर १५, २०७७

सप्तरी – घरबाट लाखौं रुपैयाँ नगद र गरगहना चोरी भएको नाटक गर्ने एक महिला पक्राउ परेकी छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१ की कान्छी पोडे नगद र गरगहना चोरी भएको नाटक गरेको अभियोगमा पक्राउ परेकी हुन् ।महानगरीय प्रहरी परिसर ललितपुरले झुटो अफवाह फैलाएको आरोपमा आइतबार ती महिलालाई पक्राउ गरेको हो ।पोडेले घरमा २६ लाख रुपैयाँ र सुनका गहनासमेत चोरी भएको भन्दै सातदोबाटो वृत्तमा खबर गरेकी थिइन् ।वृत्तका प्रमुख मित्रबन्धु शर्माको कमान्डमा खटिएको प्रहरी टोलीले उक्त रकम र सामग्री सोही घरमा लुकाएर राखेको अवस्थामा फेलापारेको थियो ।घटनाबारे उजुरी गरेकी महिलासँगै सोधखोज गर्दा नाटक गरेको खुलेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।घटनास्थलमा प्रहरी पुग्दा ढोका, दराज फोडिएको एवं सामानहरुसमेत छरपष्ट अवस्थामा रहेको थियो ।तर, घटनाबारे सूक्ष्म अनुसन्धान गर्नेक्रममा प्रहरीले चोरी भएको भनिएको नगद तथा गहनाहरु फेलापारेकोले झुटो अफवाह फैलाएको अभियोगमा कान्छी पोडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्ज्वल महर्जनले बताउनुभयो ।

घटनाका सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]