१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ११, २०७८

एजेन्सी – क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाइते भएका छन् ।

सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ ।

अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यसैबीच क्यामरुन र गाम्बिया अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्‍याे ।

खेलअघिकाे भागदाैडमा ठूलाे हताहती हुँदा पनि खेललाई जारी राख्न सफल क्यामरुनले क्वाटरफाइनलकाे यात्रा तय गर्दै पीडामा मल्हम लगाउने प्रयास गरेकाे छ ।

गएराति नै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले हरायाे । गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा निर्णायक गोल गरे । दुबै टोलीले १० खेलाडी रहेर खेल सम्पन्न गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]