२१ फाल्गुण २०८२, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

अछाम – कोभिड-१९ का कारण भौतिक रुपमा विद्यालय बन्द भएपछि केही स्थानीय तह अथवा विद्यालयले विभिन्न उपायमार्फत् विद्यार्थीलाई पढाइसँग जोडिरहेका छन् ।

त्यसमध्ये अछामको साँफेबगर नगरपालिकाको प्रभा धम्कोट प्राविधिक तथा व्यावसायिक माविले एउटा गज्जबको उपाय अपनाई टोल कक्षा सञ्चालन गरिरहेको छ । अनलाइनमा विद्यार्थीको पहुँच नभएपछि विद्यालयले टोल शिक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक जोगराज कुँवर बताउँछन् ।

टोल शिक्षा सञ्चालनको लागि विद्यालयले अभिभावकहरूलाई समेटेर पाँच सदस्यीय टोल शिक्षा समिति गठन गरेको छ । शिक्षा समिति शिक्षाको महत्त्व बुझेका मध्येका एक अभिभावकलाई टोल शिक्षा संयोजक तोकेको छ । विद्यालयले समितिलाई टोलमा शैक्षिक वातावरण बनाउने जिम्मेवारी दिइएको हुन्छ । ७३२ जना विद्यार्थी रहेको विद्यालयले ११ वटा टोल कक्षा बनाएको छ । एक टोल शिक्षा एक समिति गठन गरेको छ ।

टोल शिक्षा सञ्चालन गर्दा ‘पटकानी’(टोलका मानिसहरू भेला भएर चिया खाने, गफ गर्ने सार्वजनिक स्थान) ले पढ्ने वातावरण बिगार्ने देखिएकोले टोल शिक्षा समिति गठन गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक कुँवर बताउँछन् । उनले भने ‘पटकानीहरूमा तास खेल्ने, मदिरा पिउने स्थान हुन थालेपछि यसले समाजमा र पढ्ने बालबालिकामा नकारात्मक असर पर्ने भएकोले त्यस्ता कार्य हुन नदिन र बालबालिकालाई त्यस्ता स्थानहरूमा जान नदिनको लागि समिति बनाएका हौं ।’ त्यसै अनुसार टोल शिक्षा समितिले संयोजकको नेतृत्वमा सार्वजनिक स्थल व्यवस्थापन गर्न मुख्य भूमिका हुने कुँवरले बताए ।
त्यो बाहेक बालबालिका गृहकार्य नगरी डुलेर हिँडेको छ, टोल कक्षामा सहभागी भएको छैन भने त्यस्ता विद्यार्थीलाई सम्झाउने, उनीहरूको अभिभावकलाई सम्झाउने समितिको जिम्मेवारीभित्र पर्छ । टोल शिक्षामा हरेक हप्ता विषयगत शिक्षकहरू पुग्छन् । टोल शिक्षाको लागि जानुपूर्व विद्यालयले शिक्षकहरूको बैठक राखेर एक हप्ता पुग्ने गरी गृहकार्यको लागि प्रश्नपत्र बनाउने, समाधानपत्र (प्रश्नपत्र अनुसारको उत्तर बनाउने) बनाउने काम गर्छ । त्यसपछि कुन टोलमा कुन दिन जाने भनेर तालिका बनाउँछ ।

त्यसरी शिक्षक टोलमा जान अघि टोल शिक्षा संयोजकलाई गते अथवा बारसहित समय जानकारी गराइन्छ । त्यही बमोजिम अभिभावकलाई अथवा विद्यार्थीलाई समितिले उपस्थितको लागि जानकारी गराउँछ । सोही सूचनाको आधारमा बालबालिका टोल कक्षामा उपस्थित हुन्छन् । यसरी हरेक टोलमा यसरी फरक फरक दिन शिक्षकहरू उपस्थित भई अध्यापन गराउने गरेको प्रधानाध्यापक कुँवरले जानकारी दिए । उनी भन्छन् ‘यस कार्यले बालबालिकाले विद्यालय बन्द भएको अनुभूति गर्न पाएका छैनन् र विद्यालयभन्दा पनि बढी प्रभावकारी भइरहेको अनुभूति गरेको छु ।’

टोल शिक्षा समितिको कारण टोल शिक्षा बढी प्रभावकारी प्रधानाध्यापकको कुँवरको भनाइ छ । उनले भने,‘टोल शिक्षामा अभिभावक समेटिएन भने प्रभावकारी हुँदैन भन्ने बुझ्यौं । त्यसैले टोल शिक्षा समितिको परिकल्पना गरी अभिभावकसहित विद्यार्थीलाई टोल कक्षामा जोडेका हौं । त्यसको प्रतिफल राम्रै आइरहेको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]