काठमाडौं – पछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार २०१ नमुना परीक्षण गर्दा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि ।
त्यस्तै, पछिल्लो २४ घण्टमा ४ जना संक्रमितको मृत्यु भएको छ ।
सोमबार कोरोना संक्रमणबाट २५४० जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जना संक्रमित थपिएका हुन् ।