
सप्तरी – नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार २०१ जनामा कोरोना परीक्षण भएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६ सय ५९ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।
यही अवधिमा थप २ हजार ५४० जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २४ हजार २३९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । देशभर हाल ८२ हजार ५५० जना सक्रिय सङ्क्रमित रहेका छन् ।