
सप्तरी – तपाईंलाई च्याउ कत्तिको मन पर्छ ? आज हामी तपाईंलाई मशरूम मेथी मसला बनाउन सिकाउँछौं ।
च्याउ आधा कप
मेथी आधा कप
पालुंगो (काटेको) आधा कप
पिँधेको मकै आधा कप
क्रीम दुई ठूला चम्चा
जीरा एक चम्चा
नून स्वादअनुसार
लसुन चार पोटी
धनियाँको धूलो दुई सानो चम्चा
बेसार आधा चम्चा
तेल आवश्यकताअनुसार
विधि
पहिला मेथी, पालुंगो, च्याउ र लसुन धोएर काट्नुस् ।
मध्यम आगोमा प्यान राख्नुस् अनि तेल तताएर जीरा र लसुन भुट्नुस् ।
त्यसपछि मेथी हालेर दुई मिनेट पकाउनुस् ।
अब क्रीम हाले दुई मिनेट पकाउनुस् ।
बेसार, धनियाँको धूलो र नून हालेर दुई मिनेट पकाउनुस् ।
मेथी पाकेपछि च्याउ र मकै हालेर च्याउ नरम नहुन्जेल पकाउनुस् ।
अब अलिकति पानी हाले हुन्छ र
च्याउ नरम भएपछि छोपेर दुई मिनेट अझै पाक्न दिनुस् ।
क्रीमी मशरूम मेथी मसला तयार भयो ।
अब यो रोटी, पराठा वा नानसँग खान सक्नुहुन्छ ।