३० चैत्र २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

सप्तरी – कोरोनाको तेस्रो लहर सुरु भएयता रामेछाप जिल्ला अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित हुने स्वास्थ्यकर्मीमा जिल्ला अस्पताल रामेछापमा सातजना, प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ६ जना, गोकुलगंगा अस्पतालमा एकजना र दोरम्बा अस्पतालमा एकजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसैगरी, खाँडादेवी स्वास्थ्य केन्द्रमा आठजना, सुनापति स्वास्थ्य केन्दमा एकजना र उमाकुण्ड स्वास्थ्य केन्द्रमा चारजना गरी २८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र शाहले जानकारी दिए।

स्वास्थ्यकर्मी कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेसँगै स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित भएको छ। स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि जिल्ला अस्पताललगायतका स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवालाई निरन्तरता दिन संक्रमण नभएका स्वास्थ्यकर्मीले आठ घन्टाको समयसीमा बढाएर दैनिक १२ देखि १६ घन्टासम्म काम गर्ने गरी व्यवस्थापन मिलाएको जिल्ला अस्पताल रामेछापका डा. पवन शाक्यले जानकारी दिए।

‘धेरै स्वास्थ्यकर्मी संक्रमित हुनुहुन्छ। संक्रमित भएका स्वास्थ्यकर्मीको पुनः भोलि पिसिआर गर्ने गरी व्यवस्थापन मिलाएका छौँ। पिसिआर गर्दा संक्रमण नदेखिएका स्वास्थ्यकर्मीलाई काममा फर्काउने र पुनः संक्रमण देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राख्नेछौँ,’ शाक्यले भने। अवरुद्ध स्वास्थ्य सेवालाई निरन्तरता दिने तयारीमा आफूहरू लागिपरेको पनि डा. शाक्यले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]