०६ बैशाख २०८३, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, माघ १०, २०७८

काठमाडौं – दक्षिण अफ्रिाकाले भारत विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ । आइतबार राति भएको अन्तिम तथा तेस्रो खेलमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले ३–० ले क्लिन स्विप गरेको हो ।

केपटाउनमा भएको खेलमा घरेलु टिमले दिएको २८८ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.२ ओभरमा अलआउट हुँदै २८३ रन बनाउन सक्यो । विराट कोहलीले ६५, शिखर धवनले ६१ तथा दीपक चाहरले ३४ बलमा ५४ तथा सूर्यकुमार यादवले ३९ रन जोडे पनि टिमलाई जिताउन सकेनन् ।

लुंगी एनगिडी र एडिले फेलुकवायोले ३–३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.५ ओभरमा अलआउट हुँदै २८७ रन बनाएको थियो । ओपनर क्विन्टन डी ककले १२४ तथा रस्सी भान डेर डुसेनले ५२ रन बनाए ।

भारतका प्रसिद्ध कृष्णले ३ विकेट लिए । दीपक चाहर र जसप्रित बुम्राहले २–२ विकेट लिए ।

क्विन्टन डी कक प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज भए ।

यसअघिका दुवै खेलमा पनि भारतले हार बेहोरेको थियो । पहिलो पटक लोकेश राहुलले कप्तानी सम्हालेको सिरिज भारतले ३–० ले गुमाएको हो ।

भारतले पहिलो खेल ३१ रनले तथा दोस्रो खेल ७ विकेटले हार्यो । यसअघिको तीन टेष्टको सिरिज दक्षिण अफ्रिकाले २–१ ले जितेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]