२२ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०९, २०७८

बेइजिङ – चीनमा जन्मँदै बेचिएका एक किशोरले अन्ततः आफ्ना सक्कली मातापिता भेटेपछि विगतमा आफूलाई माया मारिएको सम्झेर निकै चित्त दुखाएका छन् ।

चीनको हेवेई प्रान्तका सत्र वर्षीय लिउ सुएझोउले हालै दोउयिनमा आफ्ना सक्कली आमाबुवालाई भेटेपछिको ह्रदयविदारक अनुभवलाई सामाजिक सञ्जालमा पोस्ट गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

स्थानीय निकायले उनलाई आफ्नो परिचयलाई अनलाइनमा पोस्ट गर्न प्रोत्साहित गरेपछि अन्ततः लिउले आफ्ना जैविक अभिभावक फेला पारेका हुन् । डीएनए परीक्षणमार्फत प्रहरीले लिउका पिता दिंग सुआंगकुआन र उनकी आमा भेटाइदिएका हुन् ।

गत महिना आफ्नो पितालाई भेटेपछि लिउ आमालाई भेट्न भित्री मंगोेलियासम्म पुगेका थिए । तर, उनका आमाबुवा उनीसँग भेटेर खुसी नभएको बुझिएको छ ।

लिउ भन्छन्, “मेरो बुवा मलाई आफ्नो नयाँ परिवारमा भित्र्याउँदा आफ्नी नयाँ पत्नीले सम्बन्धविच्छेद गर्लिन् भनेर चिन्तित हुनुहुन्छ । मेरो आफ्नै आमाले पनि यदि त्यति बेला मलाई किन्ने दम्पतीले नकिनिदिएको भए कसै न कसैले मलाई किन्ने नै थियो भन्दै त्यत्रो घटनालाई सहज ढंगले लिनुहुन्छ ।”

लिउले भर्खरै मात्र आफ्ना चार भाइबहिनी र एक सौतेनी भाइ भएको पत्ता लगाएका हुन् ।

लिउले लामो समयपछिको मिलनबाट खुसीको बदला पीडा थपिएको प्रसंग अनलाइनमा राखेका छन्, “मेरो जीवनकथा दुनियाँले जानेबुझेपछि मलाई सहयोग गर्न आफूहरू बाध्य हुनुपर्ने भन्दै मेरा आमाबुवा अहिले दिक्क मान्दै छन् ।”

अहिले लिउ सन् २००५ मा आफूलाई एकजना दलालमार्फत बेचिएको बताउँछन् । लिउका पिताले छोरो बेचेर आएको पैसा ससुरालीलाई विवाह खर्चको क्षतिपूर्ति तिरेर लिउकी आमासँग सहमतिमै पारपाचुके गरेका थिए । लिउका आमा र बुवाको अहिले आफ्नै छुट्टाछुट्टै परिवार छ ।

उनी चार वर्षको छँदा उनलाई खरिद गर्ने अभिभावकको नान्गोङ सहरस्थित घरनजिक भएको एक विस्फोटनमा मृत्यु भएको थियो । त्यसपछि केही समय ती मृत अभिभावककै आमाबुवा र अरू नातेदारहरूले लिउलाई हुर्काएका थिए ।

अलि ठूलो भएयता लिउले भेटेजति जस्तोसुकै गाह्रोसाह्रो काम गरेर र सरकारबाट अनाथहरूलाई दिइने भत्तामा आफ्नो गुजारा चलाउँदै आएका थिए ।

लिउको कटु वास्तविकताबाट परिचित दाकुन सहरका नागरिक मामिला विभागका प्रमुखका अनुसार प्राविधिक रूपमा लिउ अब अनाथ नठहरिने भए पनि उनलाई सरकारी पक्षको सहयोग रोकिने छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]