२९ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०९, २०७८

सप्तरी – दोलखामा २ दिनमा लगातार २ सहकारीमाचोरी भएका छन् । बिहीबार राति कालिञ्चोक गाउँपालिका–९ थुम्कामा दिपज्योति बचत तथा ऋण सहकारी संस्थामा कार्यालय भित्र छिरेर दराज र घर्राबाट १ लाख २५ हजार चोरी भएको छ । सोही वडाको कालिकामा बिमा पनि राती नै ९ वटा कम्प्युटरको मनिर र सिसि क्यामेरा तोडफोड भएको सहकारीकाअध्यक्षनारायण सेढाइले बताए ।
बुधबार राति नै शैलुङ गाउँपालिका बाघखोर बजारमा रहेको लेकबेंसी कृषि सहकारीमा पनि चोरी भएको छ । सहकारीबाट ८० हजार चोरी भएको छ । चोरी भएका दुवै सहकारीमा भल्ट नभएका कारण चोरी गर्न सजिलो भएको हो ।

बिहीबार रातीचोरी भएको सहकारीकाअध्यक्षनारायण सेढाइ भीमेश्वर नगरपालिकाका सहकारी विभाग प्रमुख हुन् भने व्यवस्थापक कुमार सेढाईं कालिञ्चोक गाउँपालिकाका सहकारी विभाग प्रमुख हुन् । पक्की घरमा चेन गेट र भित्री ढोकासमेत फुटाएर सहकारी चोरी भएको हो ।
जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईंले गाउँ–गाउँमा रहेका सहकारीको दैनिक नगद बैंकसम्म ल्याउन टाढा हुने हुँदा नगद कार्यालयमै रहने गरेकाले चोरहरुको नजरपछि गाउँका सहकारीमा हुने गरेको बताए ।

सबै सहकारीलाई अनिवार्य रूपमा भल्टको व्यवस्था गर्न र सीसी क्यामेरा र सुरक्षाकर्मीको व्यवस्था गर्न पटक–पटक आह्वान गर्दा पनि केहीले अझैं पनि अटेर गरेको बताए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक भेषराज रिजालले चोरी भएका दुवै सहकारीको अनुसन्धान भइरहेको बताए । पछिल्लो समय सहकारी चोरी हुनुमा सहकारीहरुले पनि सुरक्षामा र नगद व्यवस्थापनमा ध्यान दिनउनले सुझाव दिए । ५ दिन अघि पनिविगू गाउँपालिका–६ आलम्पूमा एकै दिन १५ वटा घरमा चोरी भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]