०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०९, २०७८

वीरगञ्ज – वीरगञ्ज भन्सारबाट फलफूलको जुसको निर्यात बढेको छ। ०७८/७९ को पहिलो ६ महिनाको अवधिमा वीरगञ्ज नाका भएर फलफूलको जुसको निर्यात बढेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

चालु वर्ष साउनदेखि पुस मसान्तसम्म वीरगञ्ज नाका भएर नेपालबाट २ अर्ब ५८ करोड २१ लाख एक हजार बराबरको फलफूलको जुस निर्यात भएको हो।

यस अवधिमा ३ करोड ४८ लाख ७३ हजार ५ सय ५२ लिटर विभिन्न फलफूलको जुस निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्षको तुलनामा ५७ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा भने एक अर्ब ६४ करोड ८४ लाख ६० हजार मूल्य बराबरको २ करोड २७ लाख १३ हजार ४ सय १८ लिटर फलफूलको जुस निर्यात भएको थियो।

निर्यात बढेपछि भन्सार कार्यालयले उठाउने राजस्वमा समेत वृद्धि भएको छ। गत वर्ष फलफूलको जुस निर्यातबाट वीरगञ्ज भन्सार कार्यालयले २ लाख २१ हजार राजस्व संकलन गरेकामा चालु वर्षमा निर्यात बढेसँगै ३ लाख १४ हजार राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्षको तुलनामा ४२ प्रतिशतले बढी राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

वीरगञ्ज नाका भएर नेपालबाट विदेशमा मुख्यतः भटमास र पामको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडा, सेन्थेटिक यार्न, च्यावनप्रास, बत्तिसा त्रिफला, स्पोर्टस सुज, भटमासको पिना, दन्त मञ्जन, उनी गलैँचा, कार्पेटलगायत वस्तु निर्यात हुने गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]