२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, माघ ०५, २०७८

सप्तरी – टर्कीले आगामी नोभेम्बरमा सुरु हुने विश्वकपका लागि कतारमा ३ हजार २५० सुरक्षाकर्मी पठाउने भएको छ । गृहमन्त्री सुलेमान सोयलुले टर्कीले त्यहाँको सुरक्षाकर्मीलाई प्रशिक्षणसमेत दिएको बताए ।

मंगलबार एक कार्यक्रममा बोल्दै सोयलुले कतार पठाइने सुरक्षाकर्मीमा ३ हजार दंगा प्रहरी, १ सय टर्कीको विशेष फोर्स, ५० विस्फोटक पत्ता लगाउने कुकर र तिनीहरूको सञ्चालक, ५० बम विज्ञ र अन्य स्टाफ हुने जिकिर गरे । उनले प्रतियोगितामा तैनाथ हुने सुरक्षाकर्मीमा टर्कीको हिस्सा कति हुने भन्ने चाहिँ खुलाएनन् ।

टर्की र कतारले पछिल्लो समय दुई पक्षीय सम्बन्धलाई मजबुत बनाएका छन् । अन्य खाडी मुलुकहरूसँग विवाद हुँदा टर्कीले कतारलाई समर्थन गरेको थियो । दुई पक्षले व्यापारिक, सैनिक र आर्थिक क्षेत्रमा सहकार्य गर्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]