सप्तरी – कानून अध्यनरत बिद्यार्थी- भोला जित नेपाल,( BVLC ) बिराटनगर
कोरोना महामारीको प्रकोप बिगत दुई बर्ष देखिनै सम्पुर्ण बिश्ववासीलाई त्रासमय बाताबरणमा बसोबास गर्न बाध्य बनाएको कुरा सर्ब बितित नै छन।समय समयमा नयाँ नयाँ रुप परिवर्तन गर्दै आघात गर्दै आइरहेका छन । हामी विभिन्न काल खण्डबाट मुल्यांकन गर्न सक्छौ। अहिले पनि नेपालको काठमाडौ उपत्यकामा पनि कोरोना को आर्को भेरिएन्ट ओमिक्रोण १० हजार प्रती दिनका दरले बढी रहेको छ भने सातै प्रदेशमा कुनै पनि प्रदेश पछाडी छैनन। गत पुस २७ गते नेपाल सरकार को तर्फ बाट CCMC को सल्लाह अनुसार उपत्यका भरी माघ १५ सम्म स्मार्ट लकडाउन लागु गरेको छ तर जसमा पुर्व निर्धारित परिक्षाहरु भने संचालनमै राख्न निर्देशन दिएको छ। जसमध्ये BALLB प्रथम वर्ष देखी पाँचौँ वर्ष सम्मको परिक्षा संचालनमा छ, परिक्षा केन्द्रमा पर्याप्त मापदण्ड पुर्याई परिक्षा लीन भनीए पनी मापदण्डको तिलांजली दिदै बिधार्थीको जिवनसंग खेलवाड गरिरहेको छ। कोरोणा लागेका र कोरोणा नलागेका सम्पूर्ण बिधार्थीलाइ एकै ठाउंमा राखी परिक्षा संचालन गर्दैछन आइरहेका छन।
काठमाडौंमा र बिराटनगरका, होस्टलमा र डेरा लिएर बस्ने सम्पुर्ण बिधार्थीहरु सग व्यक्तिगत सवारी साधन छैन। सार्वजनिक यातायात प्रयोग गर्ने बाध्री छन र सार्वजनिक यातायातमा भने कोभिड मापदण्ड पुरा नभएकाले बिधार्थीहरु अतिनै जोखिममा छन्, । कोभिडको लक्षण लगभग लगभग धेरै बिधार्थीमा देखा परिसकेको छ। परिक्षाको बैकल्पिक उपाय पुर्बान्चल बिश्वबिद्यालयले अपनाइ परिक्षा संचालन गर्नुपर्नेमा हामी सम्पुर्ण बिधार्थिहरुको तर्फ बाट ध्यानाकर्षण गराउन चाहनछु। यदि बिधार्थिको जीवन सग खेल्बाड भयो भने यसले भोली धेरै नै नराम्रो प्रभाव पार्ने सक्छ, हुन त नहोस् तर यदि यसकारण कुनै बिधार्थीले ज्यान गुमाएमा त्यसको जिम्मेवार को हुने ? अध्ययनरत कलेज ? कि परिक्षा केन्द्र ? या पुर्वान्चल बिश्वबिद्यालय? यही प्रश्नको जवाफ माग्दै परिक्षाको बैकल्पिक विधि अपनाउन भनि चक्रवर्ती ल कलेजको तेस्रो वर्षमा अध्ययनरत बिधार्थीहरुले परिक्षा बहिष्कार गरेका छन्। र उक्त आन्दोलन प्रती एक्बदता जनाउदै कोविड प्रोटोकोल लाई ध्यानमा राखी परिक्षाको बैकल्पिक विधि आपनाउन सम्पुर्ण पुर्बान्चल बिश्वबिद्धालयका डिन, प्राध्यापकहरु लाई बिनम्र अनुरोध गर्दछु।यो निर्णय छिटो भन्दा छिटो नगरे बैकल्पिक विधि बारे छिटो उपाय नखोजे बिधार्थीहरु अब यसता प्रवृत्ति विरुद्ध प्रतिकारमा उत्रन्छन र तालाबन्दी लगायत विभिन्न आन्दोलनका कार्यक्रमहरु समेत गर्ने बाध्य हुनेछन ।
अनुरोधकर्ता:
-भोला जित नेपाल, ब्राइट भिजन ल कलेज, बिराटनगर
– राम रतन सिंह, चक्रवर्ती ल कलेज, काठमाडौँ
एंवम् सम्पुर्ण कानून अध्यनरत बिद्यार्थीहरु