०३ बैशाख २०८३, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०४, २०७८

सप्तरी – भारतीय अभिनेता धनुष र उनकी पत्नी ऐश्वर्यले आफूहरू अलग हुने बताएका छन्।

दक्षिण भारतीयका साथै बलिउड फिल्ममा पनि राम्रा अभिनेता मानिने धनुषले सामाजिक सञ्जालमार्फत् ऐश्वर्यसँग आफ्नो वैवाहिक सम्बन्ध टुंग्याएको जानकारी दिएका हुन्।

धनुषकी पत्नी ऐश्वर्य चर्चित अभिनेता रजनीकान्तकी छोरी हुन्। १८ वर्ष पहिले धनुष र ऐश्वर्याको बिहे भएको थियो। उनीहरूका १२ र १६ वर्षका दुई छोरा छन्।

धनुषले ट्विटरमा एउटा लामो नोट राख्दै आफूहरूले अलग हुने फैसला गरेको बताएका हुन्।

पोस्टमा धनुषले लेखेका छन्, ‘हामी एक साथी, एक जोडी र आमा-बुवाका रूपमा पछिल्ला १८ वर्षदेखि साथ रह्यौं। हामी एकअर्काका शुभचिन्तक हौं। यो यात्रामा हामीले एकअर्कालाई बुझ्यौं, समझदारी अपनायौं। आज हामी त्यहाँ आइपुगेका छौं जहाँबाट हाम्रो बाटो अलग हुँदैछ। ऐश्वर्या र मैले अलग हुने फैसला गरेका छौं। हामी अलग अलग नै बस्दा ठीक हुन्छ भन्ने कुरा बुझ्न हामीलाई केही समय लाग्यो।’

धुनषले थप लेखेका छन्, ‘कृपया हाम्रो फैसलालाई सम्मान गरिदिनुहोस् र यसलाई सल्टाउनका लागि हामीलाई चाहिने गोपनीयता दिनुहोस्।’

अभिनेता रजनीकान्तकी जेठी छोरी ऐश्वर्यले पनि यही पोस्ट आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छन्।

उनले क्याप्सनमा लेखेकी छन्- कुनै क्याप्सनको आवश्यकता छैन। मात्र तपाईंको समझदारी र प्रेम आवश्यक छ!

उनीहरूको बिहे हुँदा धनुष मात्र २१ वर्षका थिए भने र ऐश्वर्या २३ वर्षकी थिइन्।

निर्मता कस्तूरी राजाका छोरा धनुष अभिनयका साथै निर्देशन र निर्माणमा पनि सक्रिय छन्। यसबाहेक उनी गायक र स्क्रिनप्ले लेखक पनि हुन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनले अहिलेसम्म ४६ फिल्मका काम गरिसकेका छन्। यो क्रममा उनले एक फिल्म फेयर अवार्ड, ४ नेसनल फिल्म अवार्ड गरेर १३ वटा ठूला पुरस्कार पाइसकेका छन्।

उनी प्रशंसकहरूले खुबै रूचाएका कलाकार हुन्। धनुष र ऐश्वर्याको सम्बन्ध टुटेको खबरले दुःख लागेको भन्दै प्रशंसकहरूले सामाजिक सञ्जालमा लेखेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]