०४ बैशाख २०८३, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०४, २०७८

काठमाडौं – प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ ।

क्रितिपुर स्थित टियु क्रिकेट मैदनमा भएको सेमिफाइनल खेलमा पुलिसले बागमतीलाई ५० रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको पुलिसले बागमतीलाई १५६ रनको चुनौति दिएको थियो ।

पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५५ रन जोड्यो ।

पुलिसका लागि ओपनर पवन सर्राफले सर्वाधिक ५९ रनको योगदान गरे ।

साथै, दिलिप नाथले विष्फोटक ब्याटिङ गर्दै १६ बलमा अविजित ३१ रन बनाउन सफल रहे भने अनिल साहले २५ रन जोडे ।

बागमतीका लागि नन्दन यादव र रिजन ढकालले समान दुई–दुई विकेट हात पारे भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।

१५६ रनको लक्ष्य पछ्याएको बागमतीले निधारित २० ओभरमा ८ विकेटको नोक्सानिमा १०५ रन मात्र जोड्न सक्यो ।

बागमतीका आदिल खानले सर्वाधिक २७ रनको योगदान गरे भने राम नरेशले २२ रन बनाए ।

पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट लिए । यस्तै, सागरले २ तथा आरिफले १ विकेट लिए ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले १६ बलमा २३ रन जोडे । तस्विरः क्यान

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]