२९ बैशाख २०८३, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, माघ ०४, २०७८

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको तीन आर्थिक वर्षको आम्दानी र खर्चको अर्धवार्षिक तथ्यांक एउटै भएको जनाएको छ। गत दुई आर्थिक वर्षमा कोभिड महामारीका कारण काम हुन समस्या परेको थियो।

चालु आवमा भने सरकारलाई काम गर्न कुनै अवरोध छैन। चालु बजेटको पूर्ण आकार आउन केही समय लागेको थियो। तर पुँजीगत खर्च नबढ्नुमा यही मात्र कारण अवश्य होइन।

मन्त्रालयले भने तीन आर्थिक वर्षका सूचकहरूलाई सामान्य वर्षका रूपमा हेरेर तुलना गरेको देखिन्छ। अहिलेको सरकारले काम गर्न सकेको छैन। चालु आवका तथ्यांकलाई अघिल्ला दुई समस्याग्रस्त आवका तथ्यांकसँग तुलना गर्नु राजनीतिक बेइमानी हुनेछ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार गत दुई वर्षका तुलनामा चालु वर्ष आम्दानीतर्फ धनात्मक अवस्था देखिएको छ। आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कुल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१.७३ प्रतिशत रहेको थियो। यस्तै चालु आर्थिक वर्ष २०७८/८९ को पुस मसान्तसम्म ४५.९१ प्रतिशत राजश्व संकलन भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]