२७ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, माघ ०३, २०७८

सप्तरी – भारतले कोभिड– १९ विरुद्ध खोप अभियानको एक वर्ष पूरा गरेको छ । एक वर्षमा भारतले आफ्ना नागरिकलाई कम्तीमा एक अर्ब ५६ करोड ५७ लाख डोज खोप लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईद्वारा प्रकाशित समाचारअनुसार एक अर्ब ५६ करोड ७६ लाख १५ हजार चार सय ५४ जोड खोप भारत सरकारले आफ्ना नागरिकलाई लगाइदिएको छ । एएनआईका अनुसार यो आइतबारसम्मको विवरण हो । भारतले एक दिनमा औसत कम्तीमा पनि ६६ लाख २१ हजार डोज खोप लगाउने गरेको छ । भारतले अहिलेसम्म बुस्टर खोप मात्रै ४३ लाख १९ हजार दुई सय ७८ डोज दिएको छ । यीमध्ये १७ लाख ९२ हजार सात सय ८४ डोज खोप स्वास्थ्यकर्मीलाई तथा १४ लाख ४५ हजार एक डोज खोप अग्रमोर्चामा खटिएका सफाइ कर्मचारी, सुरक्षा कर्मीलगायतलाई दिएको भारतको जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यसैगरी, १५–१८ वर्ष उमेर समूहका मानिसलाई मात्रै भारत सरकारले तीन करोड ३८ लाख ५० हजार नाै सय १२ डोज खोप लगाएको छ । स्वास्थ्यमन्त्री मनसुख मान्डव्यले यसलाई ‘विश्वकै सबैभन्दा सफल’ खोपकरण भएको दाबी गरेका छन् । भारतले जनवरी १६, २०२१ मा कोभिड– १९ विरुद्ध राष्ट्रव्यापी कोभिड खोप अभियान सुरु गरेको थियो । सुरुमा स्वास्थ्यकर्मीहरूलाई खोप दिन सुरु गरेको भारतले त्यसपछि अग्रमोर्चामा खटिने सबैलाई, त्यसपछि ६० वर्षभन्दा माथिका र ४५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई उपलब्ध गराएको थियो । भारतले मे १, २०२१ मा १८ वर्षभन्दा माथिकालाई खोप सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]