३० चैत्र २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, माघ ०२, २०७८

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसनले नारायणहिटी दरबार संग्रहालयको विषयमा बतास अर्गनाइजेसनमाथि अमर्यादित व्यवहार भएको जनाएको छ । नाडाले आइतबार विज्ञप्ति जारी गर्दै नेपालको अटोमोबाइल क्षेत्रको एक प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथि गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

“सरकारले आह्वान गरेको टेन्डरहरूमा बतास समूहले सरकारले नै निर्धारण गरेको कानुनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो । स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजीक्षेत्रले व्यवसाय गर्नु एउटा स्वाभाविक प्रक्रिया हो । सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफनो जिम्मेवारीलाई अघि नबढाउनु गैर कानुनी हुनुपर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रूपमा परिभाषित गर्ने प्रयास गरिएको छ । जुन कार्य अन्यायपूर्ण छ,” अध्यक्ष ध्रुव थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रक्रिया र कानुन विपरीत भएका गतिविधिमाथि सरकारले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई यस नाडाले अन्यथा नलिने तर आरोप प्रमाणित नभएसम्म कसैलाई दण्डित गर्न नहुने बताएको छ । समाचारकै आधारमा स्पष्टीकरणको समेत अवसर नै नदिई कारबाहीको प्रक्रिया थालिनुलाई कुनै पनि अर्थमा उचित मान्न नसकिने नाडाको भनाइ छ ।

सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजीक्षेत्र कै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने नाडाले भनेको छ ।

“नाडाले आफ्नो स्थापनाकालदेखि नै कानुनी र विधिसम्मत व्यवसायको पक्षमा सदैव आवाज उठाउँदै आएको सन्दर्भमा कानुनसम्मत व्यवसाय गर्दे आएको व्यवसायीमाथी कतैबाट पनि आरोप नलगाउन सम्बन्धित सवैको ध्यानाकर्षण गराउन चाहान्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]