१९ बैशाख २०८३, शनिबार
wait Please...

KChhaKhabar

शुक्रबार, पौष ३०, २०७८

काठमाडौं – अन्य सुरक्षा निकायभन्दा नेपाल प्रहरीको प्रमुख (आईजीपी)को बन्छ भन्ने चासो बढी हुने गरेको छ । खासगरी सत्तारुढ दल त्यसमाथि पनि प्रधानमन्त्रीले नै चाहेको व्यक्ति आईजीपी बन्ने सम्भावना बढी रहने गरेको स्वयं उच्च सुरक्षा अधिकारहरु नै बताउँदै आएका छन् ।

नेपालामा शक्तिमा पुग्दा जोकोहीले पनि प्रहरीलाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्दै आएको चर्चा बेलाबेला हुने गरेको छ । शान्ती, सुरक्षा कायम र कानुनको प्रभावकारी कार्यान्वयन गराउने मुख्य निकायमध्येको एक प्रहरी संगठनमा बहालवाला आईजीपीको कार्यकाल सकिन तीन महिना बाँकी छँदै भावी आईजीपीमा कसले बाजि मार्ला भन्ने संगठनभित्र र बाहिर सुरु भइसकेको छ ।

बहालवाला आईजीपी शैलेश थापा क्षेत्रीले ०७९ वैशाख १९ मा अनिवार्य अवकाश पाउँदै छन् । उनीसँगै उनकै ब्याची एआईजीहरू हरि पाल, प्रद्युम्न कार्की र निरज शाहीले पनि अवकाश पाउनेछन् । त्यसबाहेक आईजीकै ब्याची डीआईजीहरु, एसएसपी सबै एकै मितिमा ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् ।

अहिले प्रहरीमा प्रशासनतर्फ पाँचजना एआईजी छन् । तीनजना आईजीकै ब्याची हुन भने विश्वराज पोखरेल र सहकुल थापा जुनयर ब्याची हुन् ।

अहिलेकै अवस्थामा शैलेश थापा क्षेत्री अवकाशमा गएसँगै पोखरेल वा थापामध्ये एकजना आईजीपी बन्ने सम्भावना छ ।

उनीहरुमध्ये प्रधानमन्त्रीको निकट जो रहन्छ आईजीपीमा उसैको पल्ला भारी रहने देखिन्छ । अहिले प्रधानमन्त्री र गृहमन्त्री दुवैजना एकै पार्टीका भएकाले पनि प्रधानमन्त्रीले चाहेकै व्यक्ति आईजीपी बन्ने लगभग निश्चित छ ।

तर, पछिल्लो समय प्रहरीमा तीन एआईजीको दरबन्दी थप्ने तयारी भएको छ । यसले आईजीपीको खेलमा नयाँ मोडसमेत ल्याउनसक्ने कतिपयको बुझाइ छ ।

तर, एआईजी दरबन्दी थप्ने वा नथप्ने टुंगो भने लागिसकेको छैन । स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले दरबन्दी थपको प्रक्रिया अगाडि बढाएको छ ।

तीनजना एआईजी दरबन्दी कायम भएमा र त्यसमा पनि पोखरेल, थापाकै ब्याची डीआईजीहरू धीरजप्रताप सिंह, रवीन्द्र धानुक, उत्तमराज सुवेदी, वसन्त लामा, अरुण बिसी एआईजी बनेमात्रै उनीहरु आईजीपीका दाबेदार हुनेछन् ।

तर, अहिलेकै आईजीपी शैलेश थापा क्षेत्रीका ब्याचीहरु डीआईजी छन् । उनीहरु पनि एआईजीको दौडधुपमा सक्रिय छन् ।

यस्तोमा अहिले नै एआईजीको को–को बन्लान् भन्ने टुङ्गो छैन । आईजीपीका ब्याचीहरु एआईजी बनेमा पोखरेल र थापामध्ये एकजना आईजीपी बन्नेछन् ।

उनीहरुमध्ये एकजना आईजीपी बनेमा उनका ब्याची डीआईजीहरु एआईजी बन्नेछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]