काठमाडौं – स्वास्थ्य सेवा तर्फका दुई चिकित्सक ११औं तहमा बढुवा सिफारिस भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदमा डा प्रकाश बुढाथोकी र प्रमुख कन्सलटेन्ट रेडियोथेरापी पदमा डा विवेक आचार्यलाई बढुवा सिफारिस गरेको हो।