२७ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २९, २०७८

सप्तरी – धुलिखेल नगरपालिकाको ५३ औ नगर कार्यपालिका बैठकले जिल्लाका सबै सञ्चारकर्मीहरूको स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ । यस अघि धुलिखेल नगरपालिकाले पत्रकार महासंघको समन्वयमा सूचना केन्द्र स्थापना गर्ने गरी बजेट विनियोजन गरेको थियो ।

‘धुलिखेल नगरपालिकाले काभ्रेपलान्चोक जिल्लालाई कार्य क्षेत्र बनाई निरन्तर पत्रकारिता गर्ने पत्रकारहरूको स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको छ’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘पत्रकार महासंघसँगको समन्वयमा पत्रकारहरूको सूची उपलब्ध भए पछि नगरपालिकाले धुलिखेल नगरपालिकामा उपचार गराउने गरी स्वास्थ्य बिमा गरिदिने निर्णय गरेको हो ।

नगरपालिकाले पत्रकारहरूको सूची प्राप्त भए पछि आवश्यक कागजात सहित स्वास्थ्य बिमाका लागि लाग्ने रकम एकमुष्ट बिमा अभिकर्तालाई उपलब्ध गराउनेछ ।त्यस्तै कार्यपालिका बैठकले धुलिखेलमा कार्यालय रहेका आन्तरिक राजश्व कार्यालय, जिल्ला निर्वाचन कार्यालय, खानेपानी तथा सरसफाइ कार्यालय र जनस्वास्थ्य प्रयोगशाला कार्यालयलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिनुभयो । त्यस्तै विपन्न, गरिब दलित, सीमान्तकृत र गरिबिको रेखा मुनी रहेका नागरिकहरूलाई शौचालय निर्माणमा ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]