२७ फाल्गुण २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष २९, २०७८

सप्तरी – आमाले ‘हैन, कुन फूल रहेछ त्यस्तो? सायद कुनै फूलको हाँगा भाचेर लगाउँदा जाग्छ क्यारे तर अरु फूललाई भने जरा नै चाहिन्छ’ भन्ने जवाफ दिनुभयो। कति सहजता थियो आमाको त्यो जवाफमा!

खै! सायद मैले बुझेको जवाफ अलि भिन्न थियो। आमाको कपाल बाटिदिँदै गर्दा मैले भनेँ, ‘आमा, हजुर पनि त जरा बिनाको फूल हो नि अनि म पनि।’

छोरी भएर जन्मेपछि पराई घर जानुपर्छ, अन्जान घरमा गएर अर्काको खुसीमा रमाउन सिक्नुपर्छ, आफूभित्र भएको पीडा र दुःखलाई मनमा दबाएर मुस्कुराउन पर्छ, आफ्नो जरा आफूसँग नभएर बाच्ने आधार पराईसँग खोज्नु पर्छ। के हामी छोरी जरा बिनाको फूल होइन र?

आमाले भनेको सधैं सम्झिन्छु, पहिलो सन्तानमा छोरी जन्मिएपछि दोश्रो सन्तान छोरा होस् भन्ने धेरै आफन्तहरूको चाहना थियो रे। आमालाई पनि कता-कता डर थियो फेरि छोरी भए तेस्रो सन्तानलाई जन्म दिनुपर्छ। आमाले सोचेजस्तै भयो, म दोस्रो सन्तानको रुपमा यस धर्तीमा जन्म लिएँ।

‘छोरी भएर जन्म लिएपछि पराई घर जानुपर्छ, सबैलाई खुसी पार्नुपर्छ,’ सानैदेखि आमा भन्नु हुन्थ्यो।

आमाको लागि छोरा होस् या छोरी, दुवै बराबरी रहे पनि आफ्नो त्यो बराबरीलाई एउटै आँगन साँघुरो हुँदै जाने। समाजले देखाएको छोरी मान्छेको चित्रमा अह! म २१ औँ शताब्दीको भए पनि त्यही पूरानो शैली अपनाएर छोरीलाई पछाडि पार्दै गरेको देख्छु।

यही समाजलाई पटक-पटक प्रश्न गरिरहुँजस्तो लाग्छ, संसारको सृष्टि गर्ने छोरी जन्माउन हजारौँ पटक सोच्न पर्छ? जब एउटी महिला गर्भवती हुन्छिन् तब भगवानसँग छोराको लागि प्रार्थना किन गरिन्छ? गर्भवती भएदेखि नै छोरा जन्माउने आशिष दिँदा त्यो आमालाई कस्तो हुँदो हो, वर्षौं पहिले आमा बनेका बुढी आमाहरूले त्यो महिलाको मर्म बुझ्दैनन्।

वास्तविक घर

महिलाको वास्तविक घर कुन हो त? आफू जन्मिएको घर आफ्ना इच्छा, चाहना पूरा गरिदिने बाबुआमालाई पराईले एक धर्को सिन्दुर लगाइदिँदा बिर्सनुपर्ने रे। आफूले सजाएर राखेको कोठा, फूलबारी, वरिपरिका आफन्त बिहेको दिनबाट नौलो लाग्न थाल्छ। यसमा कस्को दोष? के यो सबैमा सत्य छ हो?

छोरा र छोरीमा आमाले समानता देखे पनि छोरीको बिहेपश्चात सबै हक अधिकार खोसिने, माइत जाँदा समेत दुई दिनको लागि आएकी हो, राम्ररी राख्नुपर्छ भन्छन्। श्रीमानको घर आफ्नो भएको कुनै महिलाको आजसम्म देखेकी छैन मैले। यो घर तिम्रो हो भनेर जताए पनि त्यो घरमा आफ्नो बाबुआमासँग हकले मागेका कुराहरू आफूले लिनुपर्ने अधिकार नपाएको खण्डमा रोएर लिएको समय श्रीमानको घरमा कहिले हुँदैन।

आफ्नो घर-संसार सम्झिएर दिनरात घरका सदस्यलाई खुसी पार्दै अरुको आवश्यकताको ख्याल गर्ने आफ्ना ओठमा मुस्कान देखाइरहनु पर्ने मात्र महिलाको कर्तव्य हो र?

केही दिन अगाडि म एउटा विवाहको रिसेप्सनमा गएकी थिएँ। त्यहाँ बेहुलीलाई ‘नानीको माइती कहाँ? बेहुलीले जनकपुरभन्दा काठमाडौंबाट टाढा रहेछ नि हुन त माइती र ससुराली टाढा भएको राम्रो’ भन्ने प्रतिकृयामा बेहुलीका आँखा रसाइरहेका थिए। श्रीमानको घरका कुनै सदस्यले नराम्रो काम गर्दा बुहारी नै दोषी हुने गरेको हामीले सुन्दै आएका छौँ।

पुराना रीति-रिवाज, चालचलन मान्नुपर्छ, चलन आएको चलनलाई यथावत राख्नु पर्छ भन्दैमा महिलाबाट नै बढावा हुँदै आएको पाइन्छ। समय परिवर्तन भएको कतिपय ठाँउमा पत्तो नै नभएको र पुरानै शैली अपनाउँदा परिवर्तनबाट टाढा रहेको छ समाज। एउटी पढेलेखेकी बुहारी घरमै बसे केही जागिर नखाई घरमा बस्छे भन्न हिच्किचाउँछ यो समाज। सरकारी जागिरमा नाम निकाल्न बरु आरामले पढ्न सकिन्छ तर बिहेपश्चात जागिरबिना गृहिणी हुँदा समस्या अनेकौँ निम्तिने गरेका छन्।

महिलामा आत्मसम्मानका साथ बाच्नु पाउनु अधिकार यो समाजले अझै दिन सकेको छैन। मेरो एक आत्मीय साथी जसको सानो काखे बच्चा छ, श्रीमानसँगको विचार नमिल्दा पारपाचुके गरेर माइतीमा बसेकी छे। उसलाई अब त्यही माइतीले बिरानो व्यवहार गर्न लागेका छन्। के उसको सबै हक-अधिकार जन्मघरबाट अलग भैसकेको छ।

श्रीमानसँगको सम्बन्ध विच्छेदमा प्रश्न सधैँ महिलातर्फ नै देखिँदै आएको छ। यस्तो निरीह समाज किन? कसको लागि यो समाजले कानुन बनाउँछ? यस्तो सोच किन परिवर्तन हुन सकेको छैन? आत्मसम्मान नै सबैभन्दा ठूलो विषय हो जसमा खुसी, आफ्नो अधिकार आफ्नो आवाजको कुनै मतलबको सम्मान हुँदैन। त्यस्तो सम्बन्ध अगाडि नबढाउनु नै महानता मान्छु म।

तर यो समाजले एकल महिलाप्रति गर्ने व्यवहार र गरिने अनेकौँ प्रश्नमा दोषी कसलाई मान्ने त? एकल महिलाको लागि बिहेपश्चात यो समाज र जन्मघर पराई भएकै हो त? समाजमा बाच्न समाजको निम्ती आफ्नो हक अधिकारलाई त्याग्नु पर्ने हो र समाज?

महिलालाई उसको हक, अधिकार, सम्मान समाजमा दिलाउनुमा उसको श्रीमानको ठूलो जिम्मेवारी हुन्छ। श्रीमानले अहिलेको समाजमा आवश्यक पर्ने त्यस परिवर्तनशील समाजको लागि जीवन संगिनीको साथ सधैँ दिनुपर्छ। श्रीमानको साथ र सहयोग बिना श्रीमानलाई पनि उत्तिकै श्रीमतीको साथको आवश्यकता पर्छ।

श्रीमानले हिजोसम्म मेरो श्रीमती कसैको घरको छोरी थिई आज मेरो घर सजाउँदै छे, यसलाई मैले साथ दिनुपर्छ, उसको हकअधिकारको लागि म अगाडि आउनु पर्छ भन्ने साच्नुपर्छ। बिहेअगाडि मनमा आउने अनेकौँ तर्कनाहरूमा आफ्नो पार्टनर कस्तो होला, के म परफेक्ट छु होला? लगायतका पराई घर यदि मबाट गल्ती भए कसले साथ दिन्छ होला लगायतका प्रश्न मनमा आउने गर्छन्। तर श्रीमानको सकारात्मक सोच छ भने उसले संसारको सबै खुसी पाउँछे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]