१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

काठमाडौं – नेपालमै सुनचाँदी उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । सुनचाँदी माग बढेकाले आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले गरेको आग्रहमा मन्त्री खाँणले यस्तो बताएका हुन् ।

मन्त्री खाँणले भने, “सुनचाँदीको नेपालमै उत्खनन गर्न सक्ने सम्भावना छ, अब नेपालमै उत्खनन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्छ ।”

मन्त्री खाँणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न सुनचाँदी, गरगहना खरिद बिक्रीसम्बन्धी कार्यविधि परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न यसअघि तयार गरिएको कार्यविधिलाई परिमार्जन गरी राजपत्रमा प्रकाशन गरी पूर्ण रूपमा कार्यान्वयन गर्ने जानकारी दिए । सम्बन्धित मन्त्रालय, सरोकार राख्ने सङ्घ-संस्था र विज्ञसँगको पर्याप्त छलफल र सुझावका आधारमा कार्यविधि परिमार्जन गरिने उनको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मानिकरत्न शाक्यले नेपालमा दैनिक २० केजी मात्रै सुन आयात हुने तर माग ३० केजीभन्दा बढी हुने भएका कारण माग पूर्ति गर्न समस्या भएको बताए । नेपालको जनसङ्ख्या र बढ्दो सहरीकरण, अर्थतन्त्रको विकासका कारणले पनि दैनिक २० केजी सुनको आयातले माग पूरा गर्न नसकिने उनको तर्क छ । उनले सुनचाँदीलाई चल सम्पत्तिका रूपमा मान्यता दिनुपर्ने, व्यवसायीको सुरक्षा सुनिश्चित गर्नुपर्ने, खरिद बिक्री मापदण्ड बनाउनुपर्ने, ओसारपसार तथा तस्करीमा कडाइ गर्नुपर्ने र ज्याला तथा जर्ती बढाउनुपर्ने माग गरे । उनले सुनचाँदी व्यवसायमा देखिएका समग्र समस्याको दीर्घकालीन समाधानको निम्ति ऐन बनाएर कार्यान्वयन गर्नुपर्नेमा समेत जोड दिए ।

सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष सुरेशमान श्रेष्ठले विदेशमा बस्ने नेपालीले नेपालमा बनेको नेपाली सुनका गहना लगाउन माग गरेका हुन्छन्, तर हामीसँग विदेशमा पुर्‍याउने सुन छैन भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]