सप्तरी – विगत १५ वर्ष देखि नेपालमै सेनेटरी प्याड तथा बच्चाको डाईपर उत्पादन गर्दै आइरहेको जस्मिन हाइजिन प्रोडक्ट प्रालिले सफ्ट एन्ड ड्राई प्रिमियम प्यान्ट्स बजारमा ल्याएको छ। सफ्ट एन्ड ड्राई प्रिमियम प्यान्ट्स उच्च गुणस्तरका कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएको कम्पनीले जनाएको छ।
सेनेटरी प्याड तथा बच्चाको डाइपर उत्पादन गर्दै आर्एको कम्पनीले प्रिमियम क्याटगोरीमा नेपालमै उत्पादन भएको यो पहिलो डाइपर रहेको जनाएको छ। सफ्ट एन्ड ड्राई प्रिमियम प्यान्ट्स अल्ट्रा थिन हुनुका साथै सुपर सफ्ट रहेकाले बुल्की डाइफर जस्तो नदेखिने कम्पनीको दाबी छ।
यसमा थ्रिडी इम्बोस्ड टपसिट रहेको छ, जसमा हुने अल्ट्रा एब्जर्भिंक होलले बढी सोस्ने तथा हावाको सर्कुलेसन बनाइराख्ने कम्पनीले जनाएको छ। जसले बच्चाको छाला सुक्खा र नरम राख्न सहयोग पुर्याउँने कम्पनीले जनाएको छ।