०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २८, २०७८

सप्तरी – खराब मौसमका कारण विराटनगर विमानस्थलबाट बुधबार मध्यान्हसम्म उडान हुन सकेको छैन।

विराटनगर विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार मंसिरयता पहिलोपटक खराब मौसमका कारण आज मध्यान्हसम्म विमानस्थलबाट उडान हुन सकेको छैन।

बिहानैबाट बाक्लो हुस्सु र कुहिरोका कारण विमानस्थल खुल्न नसकेको हो। विमानस्थल प्रमुख खरेलले मौसममा सुधार आएको खण्डमा र विमान कम्पनीले सहमति दिए राति ११ बजेसम्म पनि विमानस्थन सञ्चालन गर्न सकिने जानकारी दिए।

बिहान १० बजे विमानस्थल खुल्छ। यात्रुले विमानस्थलमा भीड बढ्दै गएको छ। विमानस्थलका अनुसार एटीआर विमानका लागि कम्तीमा १ हजार ६ सय मिटर र सीआरजे जेटका लागि कम्तीमा २ हजार मिटरको भिजिबिलिटी हुनुपर्दछ। तर अहिले भिजिविलिटी कम रहेको हुँदा विमान उडान र अवतरणका लागि समस्या हुने बताइएको छ।

हाल विराटनगरबाट बुद्ध, यती, श्रीएयर, सौर्यलगायतका विमानले उडान भर्दै आएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]