१७ मंसिर २०८०, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०८, २०७७

बिराटनगर,
यौन जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ। इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ। तर, यसको असर यसैमा अन्त्य हुँदैन। यौन सम्बन्ध सुरु गरेपछि युवतीहरूको शरीरमा केही परिवर्तन देखिन्छ।

हर्मोनमा परिवर्तन
सेक्सपछि पुरुषको तुलनामा महिलाको शरीरमा अक्सिटोसिन र डोपामाइन हर्मोन उत्पादन हुन्छ। यसले महिलाको इमोसनका साथै व्यवहारमा पनि परिवर्तन आउँछ। यो असर केही समयका लागि नभएर विस्तारै विस्तारै व्यक्तित्वमा समेत असर पार्छ।

आत्मविश्वास
यौन सम्बन्धको सुरुवातपछि महिलाहरू आफ्नो शरीरलाई लिएर आत्मविश्वास पनि बढ्छ। यौनसाथीले महिलाका हरेक कुरालाई प्रेम गरेमा महिलामा बढी आत्मविश्वास पैदा हुन्छ।

स्तनको फर्म र आकार
यौन सम्बन्धपछि महिलाको स्तनको आकार बढ्न थाल्छ। यस्तो हर्मोनमा आउने परिवर्तनका कारण हुन्छ। तर, सबैमा यस्तो हुन्छ भन्ने होइन। यौन सम्बन्धका क्रममा स्तनले निश्चित आकार र स्थान लिन्छ। तर, यो क्रम सधैँका लागि नभएर यौन सम्बन्धपछि मानसिक परिवर्तन भएसँगै यो हराउँछ।

यौनीमा परिवर्तन
यौन क्रियाकलापको सुरुवातपछि महिलाले योनीमा परिवर्तन भएको महसुस गर्छन्। यौन सम्बन्धका कारण हुने बडी रियाक्सनका कारण यस्तो हुन्छ। यही कारण यौन सम्बन्धपछि योनीको आकार बढ्छ।

भावनात्मक संवेदनशील
यौन सम्बन्धको सुरुवातपछि जोडीहरूको सम्बन्धमा नयाँ सुरुवात हुन्छ र नयाँ चरणमा प्रवेश गर्छन्। यसको असर खासगरी महिलामा बढी पर्छ। किनकि महिलाका लागि यौन सम्बन्धले अलग अर्थ राख्दछ। त्यसैले यौन सम्बन्धमा प्रवेश गरेका महिलाहरू आफ्नो यौन साथीको विषयमा भावनात्मक रूपमा बढी संवेदनशील बन्छन्।

साभार : मकालु खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]