१० आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, मंसिर १४, २०७७

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहदा सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ६ बभनगामा कट्टी बस्ने ४५ वर्षिया बुलबुलदेखी यादवलाई उनका देवर र भतिजाले कुटपिट गर्दै हात भाचिदिएका छन् भने विष्णुपुर गाउँपालिका वडा नं. ६ रन्जितपुर बस्ने १५ वर्षिया कल्पना मुँखियालाई छिमेकीले कुटपिट गर्दा शरीरभरि निलडाम परेको छ । ती दुबैलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल भर्ना गरिएको छ ।

तिलाठी कोइलाडी ६ बभनगामाकी बुलबुलले देवर राधेश्याम र भतिजो धर्मेन्द्रले बाटोका लागी नम्बरी जग्गा नछाडिएको भन्दै बिहीबार राती बाँसको भाटा र फलामे रडले हिर्काएर घाइते बनाएका छन् । उहाँको दुबै हात भाचिएको छ भने टाउँकोमा ९ वटा टाँका लगाइएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनु भयो । मजदुरी गरि गुजारा चलाउँदै आएको र पति जगदिश घरमा नभएको बेलामा देवर र भतिजा मिलेर निर्घात कुटपिट गरेको बुलबुल देवीले बताईन् ।

यता बिहीबारै राती विष्णुपुर गाउँपालिका ६ रन्जितपुरकी १५ वर्षिया कल्पना मुखियालाई छिमेकी पुसो मुखिया र सुरज मुखियाले छानामा पराल राख्न नदिएको भन्दै निर्घात कुटेका छन् । आफ्नो घरको छानो कमजोर रहेको भन्दै कल्पनाले हटाउन खोज्दा सुरज र पुसोले बाँसको भाटाले निर्घात कुटपिट गरेको पीडित किशोरीका आफन्तले बताएका छन् । जिउभरी निलडाम रहेको र बेहोस अवस्थामा कल्पनालाई गाउँलेको मद्दतबाट अस्पताल भर्ना गरिएको छ । ती दुबै घटनाका आरोपित फरार रहेको र उनीहरुको ब्यापक खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]