१६ बैशाख २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १२, २०७८

आफ्नो समुहको अन्तिम खेलमा किर्गिस्तानलाई तीन शुन्यको सोझो सेटमा हराउँदै विजेताका रुपमा फाइनलमा स्थान बनायो ।
एभीसी सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगितामा नेपाली महिला टिमले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै विजेताका रुपमा फाइनलमा स्थान बनाएको छ । नेपाली महिला टिमले आफ्नो समुहको अन्तिम खेलमा किर्गिस्तानलाई तीन शुन्यको सोझो सेटमा हराउँदै विजेताका रुपमा फाइनलमा स्थान बनायो ।

साविक विजेता नेपालले किर्गिस्तानलाई २५–७, २५–१४ र २५–१७ को सोझो सेटमा हरायो । पहिलो सेटमा २५–७ को सहज जित निकालेको नेपाली महिला टिमले दोस्रो सेटमा केहि प्रतिस्पर्धा पाएपनि २५–१६ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलको अन्तिम सेटमा नेपालले २५–१७ को जित निकाल्दै अपराजित यात्राका साथ फाइनलमा स्थान बनायो । अब नेपालले उपाधिका लागि उज्वेकिस्तानसँग खेल्नेछ ।

सोमबार भएको रोमाञ्चक खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३-२ को सेटमा पाखा लगाउँदै नेपाल सँगको उपाधि भेट पक्का गर्यो।

लगातार सुरुवाती दुइ सेट जितेर बलियो बनेको उज्वेकिस्तान विरुद्ध श्रीलंकाले त्यसपछि तेस्रो र चौंथो सेटमा जित निकाल्दै खेल २औ२ को अवस्थामा ल्याएको थियो। पाँचौ तथा निर्णायक सेटमा १५(१२ ले खेल आफ्नो पक्षमा पार्दे उज्वेकिस्तान फाइनलमा पुग्यो।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको स्पर्धामा पहिलो सेटमा २४ अंकमा श्रीलंकालाई रोक्दै २२ अंकबाट लगातार स्कोर गरेर २६-२४ को जित निकालेको उज्वेकिस्तानले त्यससपछिका सेटमा भने सहज रुपमा खेल आफ्नो पक्षमा पार्यो।

दोस्रो सेट २५-१८ ले जित्दा तेस्रो सेटमा भने श्रीलंकाले पुनरागमन गर्दै खेल २५-२० ले आफ्नो पक्षमा पार्दै खेल २-१ को अबस्थामा ल्यायो।

खेल पाँचौ सेटमा पुर्याउने क्रममा श्रीलंकाले चौंथो सेटपनि २५-१९ ले आफ्नो पक्षमा पार्दै खेल २-२ को बराबरीमा ल्याएको थियो। अन्तिम तथा निर्णायक सेटमा भने श्रीलंका स्तब्ध हुन पुगेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]