१८ मंसिर २०८०, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, भाद्र ०८, २०७७

म्याग्दी, ८ भदौ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धौलागिरी गाउँपालिका-३ दर भन्ने ठाउँ बस्ने ४४ वर्षीय चन्द्रवल घर्तीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

२०५७ कात्तिक २१ गते राति सोही ठाउँ बस्ने २२ वर्षीय गर्वे पाईजालाई घर्ती समेतले स्थानीय मकैबारीमा बन्चरो प्रहार गरी हत्या गरेको घटनामा जिल्ला अदालत म्याग्दीबाट २० वर्ष कैद सजाय भई फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले घर्तीलाई पक्राउ गरेको हो ।

घर्तीलाई जिल्ला अदालत म्याग्दीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार म्याग्दीमा पठाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

फरार पक्राउ अभियान अन्तर्गत पछिल्लो २ महिनामा कर्तव्य ज्यान, डाँका चोरी, लागूऔषध लगायतका मुद्दाका १३ जना फरार कसुरदारलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।
सम्भार : नेपाल पुलिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]