२४ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शनिबार, कार्तिक २७, २०७८

काठमाण्डाै – चीनका राष्ट्रपति सी जिन पिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच वार्ता हुने भएको छ । उहाँहरुबीच आउँदो सोमवार वार्ता हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।

ह्वाइट हाउसले एक विज्ञप्ति निकालेर राष्ट्रपति बाइडेन र चिनियाँ समकक्षी सीबीच भर्चुअल वार्ता हुन लागेको पुष्टि गरेको छ । छलफलमा दुवै शीर्ष नेताले आपसी समस्या समाधान र एक अर्काको चासोका विषयमा कुराकानी गर्ने तयारी छ । पछिल्लो समय चीन र अमेरिकाबीच व्यापार, आणविक उर्जालगायतका विषयमा विवाद बढेको छ । हङकङ र ताइवान मामिलामा अमेरिकाले चासो देखाएपछि दुवै देशबीच विवाद बढेको हो । तर स्कटल्यान्डको ग्लास्गोमा चलिरहेको सम्मेलन कोप–२६ मा कार्बनडाइअक्साइड उत्सर्जन गर्ने विश्वका दुई ठूला देश चीन र अमेरिकाले जलवायु परिवर्तनसँग जुध्ने प्रतिबद्धता जनाएसँगै हुन लागेको यो वार्तालाई महत्त्वका साथ हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता प्रवक्ता वाङ वेनबिनले दुई देशबीचको सम्बन्धलाई सही र स्थिर विकासको बाटोमा फर्काउन अमेरिकाले चीनसँग मिलेर काम गर्नेमा आफू आशावादी रहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]